गुप्तचरका इन्सपेक्टर अख्तियारको फन्दामा

Sharing is caring!

चैत १६, २०७५ । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा कार्यरत एक इन्सपेक्टर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अनुसन्धान अधिकृत विमल खड्काविरुद्ध आयोगले बिहीबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनको नक्कली शैक्षिक प्रमाणपत्र रहेको आयोगले जनाएको छ । उनले बिहार बोर्डबाट आइ पढेको भनेर नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । आयोगमा उनीविरुद्ध उजुरी परेकोमा छाननि गर्दा उनको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालले बताए ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *