गठबन्धन सरकारबाटै संविधानको उल्लंघन भयो : नेता खनाल

Sharing is caring!

भदौ ९, २०८० । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लंघन भएकोले त्यसप्रति नेकपा एसले स्पस्ट धारणा राख्नुपर्ने बताएका छन् ।

संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लंघन भैरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएको आधारमा गलत कामको शिकार पार्टी बन्न नहुने बताए । हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुदैन् , खनालले भने ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को दोस्रो पार्टी पुर्नगठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे ।

उनले भने, संविधानको रक्षा गर्न बनेको जुन गठबन्धन छ,त्यसैले नै संविधानको उल्लंघन गरेको छ । कोशीमा मात्रै हेर्नुन दुई चोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ । उनले उक्त विषयमा नेकपा एसको धारणा स्पस्ट हुनुपर्ने पनि बताए ।

त्यस्तै नेता खनालले जनताको दैनदिनको समस्यासँग एकाकार भएर पार्टीलाई जनसंघर्षसँग जोडेर वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने धारणा पनि राखे । उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *