क्रोएसियाले रच्यो इतिहास, इंग्ल्यान्डलार्इ २-१ गोलले पराजित गर्दै पहिलोपटक फाइनलमा

Sharing is caring!

असार २८, २०७५ । रसियामा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डलार्इ पराजित गर्दै क्रोएशिया पहिलोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई अतिरिक्त समयमा २ – १ ले हराउदै क्रोएसिया फाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेलको निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो ।  क्रोएशियाका मारियो मान्डजुकिकले ६ यार्ड नजिकैबाट अतिरिक्त समयमा गोल गर्दै क्रोएशियाका लागि निर्णायक गोल गरेका हुन् ।

त्यसअघि खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए ।  पहिलो हाफमा इंग्ल्याण्डले १-० को अग्रता बनाए पनि ६८ अौँ मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काए ।

योसँगै फाइनलमा क्रोएसियाले आइतबार उपाधिका लागि फ्रान्सको सामना गर्नेछ भनेछ पराजित इंग्ल्याण्डले अब तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *