केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै सक्दैनन् : महासचिव वैद्य

Sharing is caring!

चैत २४, २०७५ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु सरकारले गम्भीर भूल गरेको बताएका छन् । महासचिव वैद्यले चन्द नेतृत्वको नेकपा पार्टीलाई प्रतिबन्ध लगाउने केपी ओली, पुष्पकमल दाहालहरु कम्युनिष्ट हुनै नसक्ने तर्क गरे ।

आइतबार(आज) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई  काठमाडौँमा उद्घाटन गर्दै उनले भने, वर्तमान सरकारले देशी-विदेशी प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेको आरोप लगाए ।

कम्युनिष्टको नाममा प्रतिक्रियावादीहरुको संरक्षण गरिरहेकोले सरकारविरुद्ध अर्को जनवादी क्रान्ति गर्नुको विकल्प नरहेको उनले बताए ।

महासचिव वैद्यले वर्तमान सरकारले शोषितपीडित जनताको प्रतिनिधित्व गर्नै नसक्ने दाबी पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *