काठमाडौंमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ बन्ने

Sharing is caring!

भदौ ८, २०७५ । वन्डर्स नेपाल प्रा.ली.ले काठमाडौंको कमलादीमा दक्षिण एशियाकै पहिलो ‘स्काईवाक’ निर्माण गर्ने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर वन्डर्स नेपालले आउने विजया दशमीको घट्स्थापनाको दिन उक्त स्काईवाकको शिलान्यास गर्ने जानकारी दिएको हो ।
वन्डर्स नेपालका अध्यक्ष आर्कषण पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु भित्र्याउने उद्देश्यले स्काईवाक निर्माण गर्न लागिएको बताएका छन् ।
उनले भने,‘हाम्रो समूहले लामो समय र मेहनतपछि यो काम गर्नेमा पुगेका हौं, घट्स्थापनाको दिन शिलान्यास गरेर तीन वर्षपछि दशैको दिनमा स्काईवाकको उद्घाटन गर्नेछौं ।’
उनले अघि थपे,‘मुलकका धेरै स्थानहरु अवलोकन गर्यौं तर राजधानी भन्दा बाहिर त्यति उपयुक्त स्थान भेटिएन, त्यसैले राजधानीको कमलादीमा १३.२ रोपनी जग्गामा बन्नेछ, लागत २ सय करोड लाग्ने छ ।’
सरकारको तर्फबाटपनि उचित साथ पाएको बताउँदै प्रा.ली.का अध्यक्ष पोखरेलले भने,‘यस कार्यका लागि सरकारी तवरबाट राम्रो सहयोग पाएका छौं, अन्य क्षेत्रबाट पनि हामीले साथ पाएका छौं, तीन वर्षभित्र निर्माण कार्य पूरा हुन्छ, २३ वर्षको लागि जग्गा लिजमा लिईसकेका छौं, यस स्काईवाकले देशको पर्यटन विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने हामीले अपेक्षा लिएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *