काँग्रेसको आर्थिक नीतिसहितको प्रतिवेदन पारित

Sharing is caring!

मंसिर २४, २०७५ । नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश हुने आर्थिक नीतिसहितको प्रतिवेदन पारित भएको छ ।

केन्द्रिय कार्य समितिको सोमबारको बैठकले सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको समितिले तयार पारेको आर्थिक नीतिलाई परिमार्जनसहित केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको हो।

पूर्व अर्थमन्त्रीहरु डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन परिमार्जनसहित पारित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आगामी मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरु पारित गर्न काँग्रेस केन्द्रिय कार्य समिति बैठक जारी छ । मंगलबार बस्ने केन्द्रिय कार्य समिति बैठकमा भने राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको समितिले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनमाथि भोली नै छलफल गरेर टुङ्गो लगाउने काँग्रेसको तयारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *