करेन्ट लागेर चार जनाको मृत्यु

Sharing is caring!

भदौ १४, २०८० । चितवन,कैलाली, ललितपुर र पश्चिम नवलपरमसिमा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर चार जनाको ज्यान गएको छ ।

बिहीबार बिहान पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–१५ घिनहा बस्ने ४० वर्षीय रफिल अन्सारीको करेन्ट लागेर मृत्यु भएको छ । सोही नगरपालिका–१८ पम्पापुरस्थित आईसक्रिम फ्याक्ट्रीमा पानी तान्ने चापाकलमा जडान भएको मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुधबार छुट्टाछुट्टै तीन स्थानमा करेन्ट लागेर अन्य तीन जनाको ज्याज गएको छ । चितवन, रत्ननगर नगरपालिका–१५ माधवपुर अन्नपूर्ण टोलस्थित निर्माणाधिन घरमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१५ बस्ने १८ वर्षीय ओम बहादुर गुरूङको बुधबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटी बस्ने २७ वर्षीय सुरेश चौधरीको पनि हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यता ललितपुर महानगरपालिका–४ धोबिघाटस्थित निर्माणाधिन घरको इनारबाट पानी तान्ने मोटर निकाल्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने कैलाली टिकापुर नगरपालिका–२ घर भएका २७ वर्षीय धिरज शाहको बुधबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पताल पुल्चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *