एमसीसी खारेजी मात्र होईन फिर्ता हुनुपर्छ : नेता गजुरेल

Sharing is caring!

भदौ ९, २०८० । क्रान्तिकारी कम्युनिष्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले एमसीसी खारेजी मात्र नभइ फिर्ता हुनुपर्ने टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित ‘एमसीसी खारेज वा फिर्ता’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा नेता गजुरेलले एमसीसीको सम्झौता राष्ट्रघात भएको टिप्पणी गरे । उनले एमसीसी अब लागू गर्दैंनौ भनेर पार्टीहरु उठिदिए भने सम्झौता फिर्ता हुने भन्दै एमसीसी खारेजी मात्र होईन फिर्ता नै हुनुपर्ने बताए ।

उनले भने, एमसीसीको सम्झौता संससदबाट अनुमोदन गरेर दलहरुले देशका विरुद्ध ठूलो अपराध गरेका हुन् । अपराध कम गर्न त्यो बेला पारित गर्यौ अब लागू गर्दैंर्नौ भनेर पार्टीहरु उठिदिए भने, त्यहाँ सहमति भईदियो भने सम्झौता उसले फिर्ता लैजानुपर्छ, आज हाम्रो माग एमसीसी खारेजी मात्र होईन फिर्ता हुनुपर्छ ।

नेता गजुरेलले एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु नै आज मन्त्रिमण्डलमा रहेको बताए । आत्महत्या गर्छु भन्नेहरुले आन्दोलनमा सहभागी भएर पाप नपखाले ईतिहासले त्यसको सजाय दिने तर्क पनि गजुरेलले गरे ।

उनले भने, हिजो एमसीसी पास भयो भने आत्महत्या गर्छु भन्नेहरु आज मन्त्रिमण्डलमा पो छन् के आत्महत्या गर्नु । हिजो आत्महत्या गर्छु भन्नेहरुले पाप पखाल्नका लागि भएतापनि कुनै न कुनै किसिमबाट आन्दोलनमा सहभागी भएर त्यो पाप पखाल्नुपर्छ । आएन भने ईतिहासले त्यसको सजाय उनीहरुलाई दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *