उपभोक्ता अदालत नाम मात्रको होइन, कामको हुन्छ : मन्त्री गुरुङ

Sharing is caring!

असोज ९, २०८० । कानूनमन्त्री धनराज गुरुङले उपभोक्ता अदालत स्थापना नामको मात्र नभएर कामको लागि हुने बताएका छन् ।

मंगलबार ‘उपभोक्ता अदालत स्थापना अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले लागि अर्थ मन्त्रालयसँग समन्वय गरी चाँडै उपभोक्ता अदालत सञ्चालन गर्ने भन्दै उक्त अदालत नामको मात्र नभएर कामका लागि हुने बताएका हुन् ।

उनले भने, ‘उपभोक्ता अदालत स्थापना अर्थ मन्त्रालयसँग समन्वय नगरी सम्भव छैन । स्थापना भएपछि यो नामको लागि मात्र नभएर कामको लागि हुन्छ भन्ने प्रतिबद्धता जनाउँछु ।’

उनले आफू पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै भने, ‘हामी पदलाई महान ठान्छौं । तर म कर्मलाई महान ठान्छु । जस पाउनका लागि कर्म गरिँदैन । मुलुक र जनताका लागि कर्म गर्ने हो ।’

उपभोक्ता ठगिएको अवस्थामा पनि न्याय नपाइरहेको अवस्था रहेकोले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताए ।

उनले भने, ‘उपभोक्ता ठगिँदा पनि न्याय नपाइरहेको अवस्था छ । यो अवस्थाको अन्त्यका लागि पनि छुट्टै उपभोक्ता अदालत गठन गरेर जानुपर्ने अवस्था छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *