उपत्यकामा करिब १ खर्बका आवास एकाइ

Sharing is caring!

असार १९, २०७५ । काठमाडौं उपत्यकामा हाल आवास विकासकर्ता कम्पनीहरूमार्फत कुल ५ हजार ४ सय १९ आवास एकाइहरू निर्माण भएको देखिएको छ । एक अध्यायन प्रतिवेदनका अनुसार यी आवास एकाइको कुल मूल्य ८२.८८ अर्ब रुपैयाँ बराबर छ । हाल १०९० एकाइ मात्र बिक्री हुन बाँकी देखिएको भन्दै प्रतिवेदनले यसमध्ये ५ सय ४१ एकाइ छुट्टाछुट्टै घर तथा बाँकी अपार्टमेन्ट रहेको जनाएको छ । ‘आउटलुक अफ हाउजिङ मार्केट अफ काठमाडौं २०१८–२०१९’ का अनुसरा सरदर महिनामा कुल एकाइको ३.१ प्रतिशत एकाइ बिक्री भएको छ भने यस दृष्टिले अब कुनै नयाँ आवास परियोजना नआए बाँकी आवास एकाइ अबको ६ देखि ७ महिनाका लागि मात्र पुग्ने देखिन्छ ।
नेपाली रियल इस्टेट क्षेत्रमा विगत एक दशकदेखि सक्रिय कम्पनी बृहत् ग्रुपले सन् २०१८ को मार्च १७ देखि २३ सम्म गरिएको काठमाडौं उपत्यकाको हाउजिङ बजार सम्बन्धमा गरेको विस्तृत अध्ययन प्रतिवेदनले हाउजिङको बजार अवस्था तथा उपत्यकामा व्यवस्थित रूपमा विकास गरिएका यस्ता आवास परियोेजनामा बिक्री हुन बाँकी सबैभन्दा बढी (४० प्रतिशत) आवास एकाइ १ देखि डेढ करोड मूल्यका रहेको पनि जनाएको छ ।
बृहत् ग्रुपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले अध्ययनमा काठमाडौं उपत्यकाभित्र रहेकामध्ये ४३ आवास (हाउजिङ तथा अपार्टमेन्ट) परियोजनाहरूलाई समेटिएको जनाए । यस प्रतिवेदनमा २०७२ वैशाखको भूकम्पअघि आएका २३ र भूकम्पपछि बनेका २० आवास परियोजनाहरूबाट रिसर्चको स्याम्पलिङ गरिएको छ, उनले भने ।
यस्तै, हाउजिङ तथा अपार्टमेन्टमा गरेको लगानीको औसत वार्षिक प्रतिफल करिब साढे १२ प्रतिशत देखिने भन्दै उक्त प्रतिवेदनले यसमा रेन्टल आय औसत ३.२ प्रतिशत र प्रोपर्टीको मूल्यमा ९.५ प्रतिशतको वृद्धि भएको अध्ययनबाट देखिएको जनाएको छ । अपार्टमेन्टभन्दा होचा घरहरूको मूल्य वृद्धि (प्राइस एप्रिसिएसन) अधिक हुने गरेको देखिएको छ । भूकम्पअघि घरको भन्दा अपार्टमेन्टहरूको मुल्य वृद्धि उत्साहजनक थियो भने भूकम्पपछि छुट्टै घरहरूको मूल्यमा राम्रो सुधार आएको पनि उक्त प्रतिवेदनले जनाएको छ ।
अनुसन्धानमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रियलइस्टेट विज्ञ डा. सोपोन पोर्नचोक्चाइको नेतृत्वमा बृहत् ग्रुपले तयार गरेको उक्त अनुसन्धानका बारेमा बोल्दै डा. सोपोनले अध्ययन प्रतिवेदनमा काठमाडौंका अधिकांश आवास परियोजनाहरू उच्च–मध्यम तथा उच्च आयवर्गका लागि विकास भएको औंल्याएका छन् । केही परियोजनाहरू मत्र निम्नमध्यम आयवर्गलाई सुहाउँदोे रहेकाले सहरीकरण अव्यवस्थित रूपमा यत्रतत्र छरिएको उनले प्रतिवेदनको निश्कर्षमा उल्लेख गरेका छन् ।
आवासलाई व्यवस्थित र सबैको पहुँचमा पुराउन सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुझाव दिँदै उनले खेतीयोग्य जमिनलाई सहरी प्रयोजनमा बदलेर प्रयोग गर्दा उच्च कर लगाउनुपर्ने, सहरी क्षेत्रमा खाली राखिने वा राखिएका जग्गामा अधिक कर लगाउपर्ने, तर सहरी क्षेत्रमा विकास गरिने हाइराइजलाई कर मिनाहा गरिनुपर्ने, लो–कस्ट टर्न–कि हाउजिङलाई प्रवद्र्धन गरिनुपर्नेलगायत उनले सुझाव दिएका छन् ।
यस्तै, राजभण्डारीले बृहत्ले यसअघि पनि सन् २०१२ मार्च र सन् २०१५ अप्रिलमा उपत्यकाको हाउजिङ बजारसम्बन्धी यस्तै अध्ययन प्रतिवेदन तयार पारेर सार्वजनिक गरेको पनि जनाए ।यो खबर आजको कारोबारबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *