इपिएस भाषाको परीक्षा शनिबारदेखि

Sharing is caring!

जेठ २५, २०७५ । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।

इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालका अनुसार परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने बताउनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने जानकारी उहाँले दिनुभयो ।

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *