आलमको बयान नसकिएपछि थुनछेकको बहस हुन सकेन

Sharing is caring!

कात्तिक २०, २०७६ । रौतहटको राजपुर बम काण्डमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री महमद अफताब आलमको मंगलबारको बयान नसकिएपछि मंगलबार थुनछेकको बहस हुन सकेन । बयान नकिएपछि आलमको बुधबार पनि बयान हुने भएको छ । आलम बिरुद्ध ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल ठुलो भएको कारण पनि बयान लम्बीएको हो ।
रौतहटको राजपुरमा इटा भट्टामा जिउदै मान्छे पोलेको आरोपमा पक्राउ परेका आलमको मंगलबार साडे ४ बजे सम्म अदालतले आलमको बयान लिएको थियो । बयान नसकिएपछि पुन भोली बुधबार १० बजेको लागी बयानको लागी बोलाइएको रौतहट जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

बयानका लागि अदालत र्पुयाइएका आलमलाई काउन्सिलिङका लागि आलमका कानुन व्यवसायीले समय माग गरेपछि केहीबेर बयान रोकिएको थियो ।
आलमका पक्षबाट बहस गर्ने कानुन व्यवसायीहरुले सरकारी वकिल कार्यालयले आलमविरुद्ध तयार पारेको मिसिलको प्रतिलिपि पाउनु पर्ने माग र आलमलाई काउन्सिलिङका लागि केही बेर समय दिन माग गरेपछि बयान रोकिएको श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलमको ४ नम्बर इजालशका जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बयान भएको हो । आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए । आलमको परिचय तथा कानून व्यवसायी राखे नराखेको सम्बन्धी प्रश्नहरु मात्रै गर्दा अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने सरकारी वकिल कार्यालयका जिल्ला न्याधिबक्ता खडिन्द्र राज कटुवालले जानकारी दिएका छन् ।

केही बेरको काउन्सिलिङ र मिसिलको प्रतिलिपि उपलब्ध गराएपछि बयान सुरु भएको उनले बताए । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ ।

बयान सकिएपछि थुनछेकको बहस सुरु हुने र त्यसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ । आलमलाई कारबाही माग गर्दै बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायधिबक्ता राम प्रसाद पन्थी,महान्याधिबक्ताको कार्यालय काठमाण्डौ बाट आएका सुर्यराज दाहाल,अर्जुन प्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिबक्ता रुद्र पन्थी र म आफैले बहस गर्ने जिल्ला न्याधिबक्ता कटुवालले जानकारी दिएका छन ।

आलम केशमा बादी र प्रतिबादी दुबै तर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन । आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएको बुझिएको छ भने सरकारी वकिलको तर्फबाट पनि उतिकैको हाराहारीमा वकिल वहस गर्ने भएका छन ।

सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालत रौतहट गौरमा अभियुक्त आलम सहित १० जना बिरुद्ध हिजो सोमबार जिल्ला अदालत गौरमा जन्मकैदको मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सिए ००९५ मुद्दामा सरकारी वकिल कार्यालयले ३९ पानाको अभियोग पत्र तथा ८७८ पृष्ठको मुद्दा मिसिल दर्ता गराएको थियो ।२०६४ चैत्र २७ गते अघिल्लो संबिधान सभाको निर्वाचनमा बम बिष्पोट गरेको आरोपमा पक्राउ परेका नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाइ गत असोज २६ गते रौतहट प्रहरीले पक्राउ गरेको थियो । सो अभियोग लागेका अझै १० जना अभियुक्तहरु फरार रहेका छन ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *