अब प्रदेश कर्मचारीको खटनपटन प्रदेश सरकारले नै गर्ने

Sharing is caring!

साउन ३०, २०७५ । अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले नै गर्ने भएको छ ।

यसअघि प्रदेश तहमा सङ्घ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकामा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । ‘‘अब हामीप्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौँ’’, उनले भने, ‘‘अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’’

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ । कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको बताए ।

खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य बिदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारवाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुख सचिवलाई प्रदान गरिएको छ । संगठन संरचनानुसार सात वटै प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *