अब पार्टी एक ढिक्क भएर अघि बढ्छ: सभापति देउवा

Sharing is caring!

कात्तिक २२, २०७५ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

बिहीबार साँझ देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन् ।’

उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,‘मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन् । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेपनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *