अध्यागमनमा आँखाको रेटिनामार्फत निगरानी

Sharing is caring!

पुस २८, २०७५ । कमजोर प्रविधि र सेटिङका कारण बदनाम हुँदै आएको नेपालको अध्यागमन विभागलाई प्रविधिमार्फत अत्याधुनिक बनाउने प्रक्रिया सुरु भएको छ । अध्यागमन सुधारका लागि विगतदेखि पहल हुँदै आए पनि सरकारले बजेट छुट्याउने गरेको थिएन । जसले गर्दा विदेशी सहयोग भए पनि विभागमा सुधारको काम रोकिएको थियो । विभागले आधुनिकीकरणकै लागि दुईजना थप इन्जिनियर राखेर प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

नेपालको अध्यागमनको कमजोर प्रविधिकै फाइदा उठाउँदै मध्यपूर्वी देशका नागरिकले नेपाललाई ट्रान्जिट बनाई नक्कली पासपोर्ट युरोप जाने गरेको फेला परेको थियो । यही कारण नेपालको अध्यागमन बदनाम हुँदै आएको छ । नयाँ प्रविधिको जडानपछि यस्तो प्रवृत्ति रोकिने अध्यागमन अधिकारीहरूको विश्वास छ ।

असार महिनाभित्रै नयाँ प्रविधि जडान भइसक्ने विभागले जनाएको छ । सन् २०२० लाई सरकारले ‘भिजिट वर्ष’ का रूपमा मनाउन लागेकाले त्यसअघि अध्यागमनमा व्यापक सुधार गर्न लागिएको हो ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *