शक्ति बस्नेतको दाबी भावी प्रधानमन्त्री प्रचण्ड नै हो

Sharing is caring!

भदौ ११, २०७९ । नेकपा (माओवादी केन्द्र) नवनियुक्त उपमहासचिव शक्ति बहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्विकार्य हुनेगरि मिल्ने दाबी गरेका छन् ।

आज काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रुपमा छलफल चलिरहेको र छिट्टै निश्कर्षमा पुगिने विश्वास दिलाए । गठबन्धनमा आवद्ध दलहरुको तर्फबाट प्रस्तावमाथि छलफल भैरहेको सुनाए । उनले भने,“अहिले छलफल भैरहेको छ, अब यसबारेमा निश्कर्ष निकाल्छौं ।”

बस्नेतले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई हल गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताए । उनले भने,“गठबन्धन आजको आवश्यकत्ता हो कि होईन भन्ने कुरा पहिले बुझ्नुपरयो । अहिले सबै दल गठबन्धन गरेर जाने निश्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।”
उनले कांग्रेस १६५ सिटमै उम्मेद्धवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकोले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गरे ।
उनले माओवादी केन्द्रको तर्फबाट भावी प्रधानमन्त्रीको रुपमा लिएर अध्यक्ष प्रचण्डकै नेतृत्वमा आफूहरु चुनावमा सहभागी हुने सुनाए ।

नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्नै अवधि नभएपनि ५ वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरे । मुलुकमा व्यवस्था बदलिएपनि जनताको अवस्था नबदलिएको टिप्पणी गरे । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको उनको भनाई छ । उनले भने,“यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाईएको छ । अर्कोतर्फ, पार्टी गलत भएकोले यो परिणाम आएको हो भनेर बहस भएको छ । पछिल्लो समय मुलकुमा उल्लेखनीय परिवर्तन भएका छन् । अझै परिवर्तनलाई व्यवहारिक रुप दिनको लागि, केही नमिलको कुरा मिलाउनुपर्छ । यो कोण पनि छ ।”

उनले अहिलेको व्यवस्था त्रुटिपूर्ण नभएको जिकिर गरे । उनले मुलुकमा लोकतन्त्र अझै मजबुद र फराकिलो भएको सुनाए । व्यवस्थाको दृष्टिकोणले हेर्दा यसलाई त्रुटिपूर्ण भन्न नमिल्ने उनको भनाई छ । यद्धपी उनले दलहरु कमजोरीरहित छन भनेर आफूले नभन्ने पनि सुनाए । मुलुकको भाग्य र भविष्यको निरुपण दलबाट नै भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *