अनिशा श्रेष्ठलाई मिस नेसन नेपालको उपाधि

Sharing is caring!

भदौ ११, २०७९ । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद रु. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए ।

मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *