भारतले भन्यो :- नेपालको आन्तरिक मामिलाको समाधान लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ ‍

Sharing is caring!

जेठ १३, २०७८ । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले विज्ञप्ति सार्वजनिक गर्दै नेपालको राजनीतिक घटनाक्रमको समाधान लोकतान्त्रिक प्रक्रियाबाट हुने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

दोस्रो पटक प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणापछिको अवस्थालाई भारतले आन्तरिक मामिला भएको बताएको हो ।

विज्ञप्तिमा नेपालको पछिल्लो घटनाक्रमलाई नियालिरहेको र यो नेपालको आन्तरिक मामिला भएको उल्लेख गरिएको छ । नेपालको यो घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान हुने विश्वास भारतको छ ।

‘हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘यो नेपालको आन्तरिक मामिला भएकाले आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ ।’

विज्ञप्तिमा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा प्रतिवद्ध रहेकोसमेत उल्लेख गरिएको छ । यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *