‘फूलमती’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Sharing is caring!

साउन ३१, २०७६ । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ।

चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको छ । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् ।

त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।

गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन्। गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।

भिडियो हेर्न क्लिक गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *