मिसेस वल्र्डमा नेपालको तर्फबाट पृथ्वीया प्रतिनिधित्व गर्ने

Sharing is caring!

पुस २७, २०८० । सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । यही जनवरी १४ देखि जनवरी १९ सम्म हुने यो प्रतियोगिताका लागि पृथ्वीया शनिबार बिहान २ बजे अमेरिका उड्दैछिन् ।

रिबन इन्टरटेनमेन्टले गत कार्तिक २२ गते काठमाडौंमा आयोजना गरेको ‘मिसेस वल्र्ड नेपाल २०२३’को उपाधि विजेता हुन् । इन्टरटेनमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पृथ्वीयाको बिदाई गरेको छ ।

पृथ्वीयाले यस वर्षको ‘मिसेस वल्र्ड २०२४’को शीर्ष उपाधि नेपालमा नै भित्र्याउने लक्ष्यका साथ आफूले तयारी गरेको बताइन् । ‘प्रतियोगिताका लागि मैले भरपुर तयारी गरेकी छु । त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले भनिन् । उनले आफूले नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्ने बताइन् ।

पृथ्वीयाले विश्वका ४० सुन्दरीको सहभागिता रहने प्रतियोगितामा ‘नेसनल कष्ट्युम राउण्ड’मा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना लगाउने बताइन् । ‘म नेपालको हस्तकलाको सामाग्री लैजाँदैछु । काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्नेछु’, उनले भनिन् । पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन् ।

‘मिसेस वल्र्ड नेपाल’का नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले दोस्रो पटक ‘मिसेस वल्र्ड’मा सहभागिता जनाउन लागेको बताउँदै राम्रो उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको दाबी गरे । रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *