प्रदेश प्रहरी गठन गर्न कानून बनाइने

Share this news:

जेठ २१, २०७५ । हेटौंडामा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुबीचको भएको अन्तक्र्रियाबाट प्रदेश सरकारले आफ्नै प्रहरी संगठन निर्माण गर्नेगरी कानुन निर्माणको लागि सहमति गरेका छन् ।

हेटौँडामा भएको कानून मन्त्रीहरुबीचको बैठकले सातै प्रदेशमा प्रदेश प्रहरी निर्माणको लागि कानुनहरु बनाउने, प्रदेशमा अनुसन्धान ब्यूरो स्थापना गर्ने विषयमा छलफल र निर्णय भएको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले बैठकमा चारवटा विषयमा सहमति भएको बताए ।

उनले सबै प्रदेशको कानुन निर्माणमा सहजीकरण गर्ने, प्रदेश सरकारका मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुको मर्यादाक्रम अविलम्ब सच्याउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय समेत भएको जानकारी दिए । त्यस्तै संघीय सरकारले पेश गरेको बजेट संघीयताको मर्म विपरीत रहेको भन्दै यसलाई पुनारावलोकन गर्न संघीय सरकारलाई आग्रह गर्ने समते निर्णय भएको बताए ।

संघीय सरकारले प्रस्तुत गरेको बजेटले संघीयताको मर्मलाई पुरा गर्न नसकेको भन्दै बैठकमा छलफल भएपछि सरकारलाइ ध्यान दिन आग्रह गरेको मन्त्री जमरकट्टेलले बताए । संविधानले तीनै तहलाई कसरी बजेट विनियोजन गर्ने भनी खाका तयार भएपनि बजेट र संविधान मेल नखाएको आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले ध्यानाकर्षण गराएका छन् ।

अन्तरक्रियामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल, ४ का हरिबहादुर चुमान, ५ का कुलप्रसाद केसी, कर्णालीका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह सहभागी थिए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *