देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायूसँगै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेकाले आज देशभर मौसममा बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, तराईका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

मौसममा आएको यस परिवर्तनले दैनिक जनजीवनमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया