सुन–चाँदीको मूल्यमा फेरि गिरावट, आज तोलामा कति पुग्यो?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा बिहीबार (वैशाख १७) सुनको मूल्यमा गिरावट देखिएको छ । आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने यही सुन २ लाख ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

लगातार केही दिनयता सुनको मूल्य ओरालो लाग्दै आएको छ । यसअघि पनि दुई कारोबार दिनमा सुनको भाउ क्रमशः तोलामा ३/३ हजार रुपैयाँले घटेको थियो, जसले बजारमा मूल्य दबाब देखिएको संकेत गर्छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा झरेको छ । बुधबार चाँदी ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्यमा आएको गिरावटले बजारमा खरिद–बिक्री गतिविधिमा केही चलायमानता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया