सिन्धुली हिरासत मृत्यु प्रकरणबारे सभामुख अर्यालसँग दलित संघर्ष समितिको ध्यानाकर्षण

hitkhabar.com



काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीहरूले भेटवार्ता गरेका छन्।

भेटका क्रममा प्रतिनिधि मण्डलले सिन्धुलीस्थित प्रहरी हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणप्रति गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी छानबिनको माग गरेका छन्। साथै, उनीहरूले सो सम्बन्धमा ध्यानाकर्षण पत्रसमेत सभामुखसमक्ष बुझाएका छन्।

उक्त अवसरमा सभामुख अर्यालले घटनाप्रति संवेदनशीलता प्रकट गर्दै सत्यतथ्य बाहिर ल्याउन आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले निष्पक्ष छानबिनमार्फत दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया