सरकारविरुद्ध आन्दोलन गर्ने देशभक्त जनगणतान्त्रिक मोर्चाको चेतावनी

Sharing is caring!

पुस ३०, २०७५ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले सरकार जनविरोधी र राष्ट्रघाती रहेको आरोप लगाउँदै विरोधमा जनआन्दोलन गर्नेसमेत चेतावनी दिएका हुन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारलाई हटाउन आन्दोलनको विकल्प नरहेको बताए । मोर्चाले सरकारविरुद्ध आगामी ७ फागुनबाट ‘मेची महाकाली जागरण अभियान’ संचालन गर्ने घोषणा गरेको छ ।

अध्यक्ष गजुरेलले जनताले विकल्प खोजेकाले वर्तमान सरकारलाई हटाउन आन्दोलनको बाटो रोज्नु परेको स्पष्ट पारे । उहाँले भन्नुभयो, संसदमा दुई तिहाई बहुमतमा रहेको वर्तमान सरकारलाई हटाउन आन्दोलन एक मात्रै विकल्प रहेकाले त्यसमा साथ दिन सबैलाई आह्वान गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *