सन्राइज क्यापिटलद्धारा शेयरधनीलाई २०% नगद लाभांसको घोषण

Sharing is caring!

पुस ३०, २०७५ । सन्राइज क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा २०७५ पौष २८ गते शनिबार सम्पन्न भएको छ ।

संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.ब.२०७४-०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.बा. २०७५-०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ ।

कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आ.ब. २०७४-०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *