महालक्ष्मी बैंक र ह्याम्स अस्पताल बीच सेवाशुल्कमा छुट दिने सम्झौता

Sharing is caring!

असार २४, २०७६ । महालक्ष्मी विकास बैंक लि. र ह्याम्स अस्पताल बीच अस्पतालको सेवाशुल्कमा छुट दिने सम्बन्धी आज सम्झौता भएको छ ।

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनु हुनेछ । साथै, वहाँहरुले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउनु हुनेछ ।

देशका ९६ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने पनि सहमति गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *