मन्त्री श्रेष्ठबाट छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोजिनु निन्दनीय : वाइसियल नेपाल

Sharing is caring!

असार १२, २०७८ ।  नेकपा माओवादी केन्द्र निकट जनबर्गिय संगठन योङ्ग कम्युनिष्ट लीग, नेपालले आज एक बिज्ञप्ति जारी गर्दै संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत तथा भेदभाव संस्थागत गर्न खोज्नु निन्दनीय भएको बताएको छ ।

२१ औँ शताब्दीको तेश्रो सहस्राब्दी तथा गणतन्त्र नेपालको युगीन समयमा केहि दिन अगाडी देशको संघीय राजधानी काठमाडौंमा नै जातको आधारमा कोठा नपाएकी सञ्चारकर्मी रुपा सुनारमाथि भएको विभेदलाई लिएर वाई सी एल ले गम्भीर ध्यानाकर्षण भएको बताएको हो । सञ्चारकर्मी रुपा सुनार केहि दिन अघि बानेश्वरमा डेरा खोज्न जादा जातकै आधारमा डेरा नदिने घरधनी काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानलाइ मन्त्री श्रेष्ठले ढाकछोप गरि भोट बैंकको रुपमा लिएर छुटाउएका थिए ।

नेपालको संविधानले मौलिक हकको रुपमा धारा २४ मा छुवाछुत तथा विभेदविरुद्धको हकलाई सुनिश्चित गरेपनि यो व्यवस्थाको उपेक्षा गर्दै सरकारका मन्त्री नै छुवाछुत तथा भेदभाव जस्तो गम्भीर अपराधको आरोप लागेकी घरबेटीलाई शक्ति र सत्ताको दुरुपयोग गरि छुटाउन जानुले सिँगो दलित समूदायको आत्मसम्मानमा चोट पुग्नुका साथै सरकार नै दलित समूदायप्रति गैरजिम्मेवार बनेको हाम्रो संगठनको ठहर छ ।

छुवाछुत तथा भेदभाव जस्तो जघन्य अपराध र अपराधकर्ममा संलग्नलाई भोट बैंकको रुपमा लिएर मन्त्री श्रेष्ठले गरेको हर्कत अत्यन्तै निन्दनीय र आधुनिक मानव सभ्यताविरुद्ध रहेकाले उनलाई तत्काल मन्त्रिपरिषद्‌ सदस्यबाट बर्खास्त गर्न प्रधानमन्त्री समक्ष हाम्रो संगठन जोडदार माग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *