पक्षपातपूर्ण सामग्री आउनु स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत

Sharing is caring!

वैशाख २०, २०७५ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायालय र सञ्चार क्षेत्रबीच अन्योन्याश्रति सम्बन्ध रहेको बताउँदै न्यायालयका समाचार सम्प्रेषणमा थप संवेदनशील हुनुपर्ने औंल्याउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम र युनेस्को नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उहाँले समाचार विश्लेषणका नाममा सञ्चारमाध्यमले अदालतमा विचाराधीन मुद्दामा पक्षपातपूर्ण धारणा दिने गरेको बताउँदै संविधान, कानून तथा पत्रकारको पेशागत आचारसंहिताअन्तर्गत रहेर हरेक पत्रकार तथा सञ्चारकर्मीले आफ्नो भूमिका र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकतान्त्रिक मूल्यमान्यता र संस्कारलाई आत्मसात् गर्दै अभिव्यक्तिको स्वतन्त्रताको भरपूर उपयोगमार्फत देशमा सञ्चारमाध्यमबाट सुशासन, विकास, न्याय तथा आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताउँदै सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकेमा जनताको सूचनाको पाउने अधिकार र लोकतान्त्रिक पद्धतिको विकास प्रभावित हुने बताउनुभयो । उहाँले अदालतमा विचाराधीन मुद्दाका विषयलाई लिएर सञ्चारमाध्यममा टीकाटिप्पणी हुनु वा समाचार विश्लेषणका नाममा पक्षपातपूर्ण सामग्री आउनु स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *