डा केसीको जीवन रक्षा गर्नुपर्ने: उपनेता गच्छदार

Sharing is caring!

असार ३१, २०७५ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा आफैँ संलग्न रहेको सरकारले डा केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गर्नुभयो ।

उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताउनुभयो । उहाँले सरकारले राज्य सञ्चालनको प्रक्रियाविपरीत डा केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले काँग्रेसले विरोध गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *