अन्तराष्ट्रिय युवा बैज्ञानिक सम्मेलन काठमाडौंमा शुरु

Sharing is caring!

जेठ २२, २०७६ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तराष्र्टिय (सार्क) युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा शुरु भएको छ ।

उद्योग,पर्यटन,वन,वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका महत्वपूर्ण बैज्ञानिक विषयहरुमा अन्तराष्ट्रिय वैज्ञानिकहरुका अनुभव साटासाट गर्ने एवम् युवा बैज्ञानिकहरुको अन्तराष्र्टिय नेटवर्क निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभएको छ ।

उद्घाटन लगत्तै सम्मेलनलाई सम्वोधन गर्नुहुदै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुहुदै जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको वारेमा खोजमुलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

युवा बैज्ञानिक पयालन रोकि देशभित्रै युवाहरुले अनुसन्धान गर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयन गर्ने वातावरण निर्माण गनुपर्ने धारणा व्यक्त गर्दै उहाँले अन्तराष्ट्रिय क्षेत्रमा भएको बैज्ञानिक गतिविधीका वारेमा सम्मेलनले वृहद अध्ययन गर्न र आफना अनुभव साटासाट गर्न समेत उपस्थित युवा बैज्ञानिकहरुलाई उत्साहित गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले युवा बैज्ञानिक सम्मेलनले बैज्ञानिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीका वारेमा छलफल गरी सरकारलाई ठोस निति निर्माण गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुहुदै सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । यसैगरी प्रदेश नं.३ का पर्यटन,उद्योग बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले अन्तराष्ट्रिय (सार्क) युवा सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथा बैज्ञानिक क्षेत्रमा निति निर्माण गर्न मार्गनिर्देशन गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सम्मेलनवाट प्राप्त बैज्ञानिक सुझाव एवं अनुभव प्रदेश सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्दै सम्मृद्ध नेपाल सुखी नेपालीको अभियान सम्पन्न गर्ने बताउनुभयो ।

सम्मेलनलाई सम्वोधन गर्नुहुदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अन्तराष्ट्रिय युवा सम्मेलन विश्वमा देखापरेका नविनतम चुनौतीहरुको सामना गर्ने रचनात्मक उपायका वारेमा केन्द्रीत हुने विश्वास व्यक्त गर्नुभयो ।

एक्काइसौं शताब्दीलाई बैज्ञानिक शताब्दीको रुपमा उल्लेख गर्दै सम्मेलनबाट प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान हुने समेत अपेक्षा गर्नुभएको थियो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागिय प्रमुख डा. दिपक अर्यालले सम्मेलनका प्रस्तुत हुने कार्यपत्रका वारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । साथै उहाँले युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय नेटवर्क निर्माण गरी सार्क क्षेत्रमा देखिएका विद्यमान समस्यालाई सम्वोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले अन्तराष्र्टिय युवा सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा सार्क क्षेत्रका नेपाल वाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थिति रहेको छ । साथै सार्क वाहेका जर्मनी,फिनल्याण्ड,चिन र वेलायत समेतवाट समेत युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । २ दिन सम्म सञ्चालन हुने सम्मेलनमा ५१ वटा कार्यपत्रले उद्योग पर्यटन, वन, वातवरण लगायत वैज्ञानिक क्षेत्रमा देखिएका विविध विषयहरु समेटिएको अन्तराष्ट्रिय (सार्क) युवा बैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति एवम जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद दवाडीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *