चीनलाई चिढ्याउने विधेयक अमेरिकी सदनबाट पारित

Sharing is caring!

फागुन ४, २०८० । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एउटा विधेयक पारित गरेको छ । विधेयकले चीनभने चिढिनसक्ने अनुमान गरिएको छ । अमेरिकाको तल्लो सदनले चीन–तिब्बत विवादसँग सम्बन्धित एक विधेयक पारित गरेको हो । जसमा चीन–तिब्बत विवाद वार्ताबाट समाधान गर्न अपील गरिएको छ ।

अमेरिकाका दुवै दलले यो विधेयकलाई समर्थन गरेका छन् । विधेयकको उद्देश्य दलाई लामा र तिब्बतका प्रजातान्त्रिक नेताहरूसँग वार्ता गर्न चिनियाँ सरकारलाई दबाब दिनु हो । यो विधेयक चीनको एक चीन नीतिलाई प्रत्यक्ष चुनौतीको रुपमा हेरिएको छ ।

चीन–तिब्बत विवाद विधेयक कंग्रेसका सदस्य जिम म्याकगोभर र माइकल म्याककलले पेश गरेका थिए । विधेयकमा चीनले तिब्बतलाई आफ्नो हिस्सा भन्दै गरेको दाबीलाई अस्वीकार गरिएको छ । सिनेटर जेफ मर्क्ले र टोड यंगले पनि यस्तै अर्को विधेयक अमेरिकी कंग्रेसमा पेश गरेका थिए।

जिम म्याकगभर्नले विधेयकको समर्थनमा मतदान गर्नु तिब्बतका जनताको अधिकारलाई मान्यता दिनु जस्तै हुने बताउँदै मतदान चीन र तिब्बतबिच जारी विवाद शान्तिपूर्ण रूपमा समाधान गर्ने पक्षमा हुने र अहिले पनि वार्ताबाट विवाद समाधान गर्न सकिन्छ भन्ने उद्देश्य रहेको उल्लेख गरे ।

चीनले तिब्बतलाई चीनकै एक प्रान्तको रुपमा दावी गर्छ । तर, तिब्बतका मानिसहरूले धेरै शताब्दीदेखि एक स्वतन्त्र राष्ट्र भएको विश्वास गर्छन् । चीनले तिब्बत १८ औं शताब्दीमा चिनियाँ शासनको अधीनमा आएको र १९ औं शताब्दीसम्म चीनको अधीनमा रहेको दाबी गरेको छ ।

यसपछि बेलायतले तिब्बतमाथि आक्रमण गरी चीनबाट अलग्गिएको थियो । भारतबाट बेलायती शासन बाहिरिएपछि चीनले दुई वर्ष अर्थात १९४९ सम्म तिब्बतमाथि दाबी गरेन् । १९५० मा, जनवादी गणतन्त्र चीनले आफ्नो राष्ट्रिय सुरक्षाको कारण तिब्बत कब्जा गर्न कोशिस गर्न थालेको थियो ।

१९५१मा तिब्बत सरकारलाई चीनको हिस्साको रूपमा मान्यता दिन बाध्य पार्ने सम्झौतामा हस्ताक्षर गरियो र त्यसपछि चीनले तिब्बतमा आफ्नो शक्ति स्थापना गरेको हो ।

सन् १९५९ मा तिब्बतका जनताले चीनको विरुद्धमा विद्रोह गरे तर चीनले बल प्रयोग गरेर त्यो विद्रोहलाई दबाएको थियो । त्यस अवधिमा ठूलो संख्यामा तिब्बती जनता मारिए र तिब्बतका सर्वोच्च धार्मिक नेता दलाई लामालगायत ८० हजारभन्दा बढी मानिसहरू निर्वासनमा गएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *