राष्ट्रिय मुद्दाका सवालमा सबै दल एक ठाउँमा उभिन आवश्यक : अध्यक्ष नेपाल

Sharing is caring!

कात्तिक ११, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय देखिएका चुनौती सामाना गर्न सबैले हातेमालो गर्नु पर्ने आवश्यकता औल्याएका छन् ।

आज नेपाली काङ्ग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा उनले, फरक दर्शन र विचार भएपनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताए ।

हाम्रो देशको विशेषता भनेको भिन्न भिन्न प्रकारको दर्शन भएपनि हामी सहकार्य गरेर अगाडि बढेका छौ । देशलाई अगाडि बढाउँने विषयमा जनाताका समस्या सरोकार राख्ने विषयमा हामी हातेमालो गर्दै अगाडि बढिरहेका छौँ । उनले भने ‘ त्यसो हुनाले नेपाली काङ्ग्रेस, कम्युनिष्ट पार्टीहरु, विभिन्न राजनीतिक दलहरुले आयोजना गरेको यस्तो सामाजिक समारोहहरुमा उपस्थित हुनु स्वभाविक र आवश्यक पनि हो ।’

त्यस्तै उनले जसरी विगतमा अप्ठ्यारो, संकट र चुनौतीको समयमा हातेमालो गर्दै अगाडि बढेको राजनीतिक इतिहासलाई स्मरण गर्दै भने ‘त्यसैगरी आजको चुनौती र अवसरहरु सबैमा हातेमालो गर्दै अगाडि बढ्नु पर्छ । समाजमा सकारात्मक सूचना दिनु पर्छ ।’

उनले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका समयमा नेपालले सकरात्मक सन्देश दिन सक्नु पर्ने बताए । उनले भने ‘अब संक्रमणकालिन न्यायको प्रक्रियालाई छिटो टुङ्गाउँने कुरामा ढिलाई भएको थियो, अब धेरै ढिला गर्नु हुदैँन् । संयुक्त राष्ट्रमहासंघको महासचिव आएको अवस्थामा सकारात्मक सन्देश दिएर काम गर्नुपर्छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *