विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गयो : बिमला राई

Sharing is caring!

माघ २८, २०८० । राष्ट्रियसभा सदस्य बिमला राई पौड्यालले विश्व मानचित्रमा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी छिन् ।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले पहिला–पहिला विश्वविद्यालयको स्तर राम्रो भएकोमा पछिल्लो समय ‘टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४’को नतिजाअनुसार त्रिभुवन विश्वविद्यालय १५ सय युनिभर्सिटीमध्ये १२०१ मा परेको भन्दै विश्वविद्यालयको स्तर खस्किदै गएको बताएकी हुन् ।

उनले भनिन्,‘त्रिभुवन विश्वविद्यालय अहिलेको टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटीको २०२४ को नतिजाअनसार १५ सय युनिभर्सिटी छान्दा १२०१ मा पर्दोरहेछ । यो त्यति राम्रो ¥यांकिङ होईन् । पहिला पहिला यसको ¥यांकिङ राम्रो थियो भनिन्छ । विश्वको मानचित्रमा हाम्रो ¥यांकिङ खस्किदै गएको छ ।

उनले विश्वविद्यालयप्रतिको भरोसा पनि दिनप्रतिदिन टुट्दै गएको भन्दै उपकूलपतिका लागि राम्रा व्यक्तिको निवेदन नपरेको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उपकूलपतिमा मेरिट्सका आधारमा नियुक्त गर्ने भनेपनि टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउन लागेको भन्दै भन्दै उनले भनिन, ‘राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड फेल भएका अनुहारलाई फेरि युनिभर्सिटीमा ल्याउनका लागि छानेको हो?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *