नेपाल–श्रीलंका संयुक्त आयोगको बैठक जारी

Sharing is caring!

पुस ५, २०८० । नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठक अहिले जारी छ ।

परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका समकक्षि अली साब्रीको काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा नेपालको तर्फबाट मन्त्री साउदसँगै परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् ।

त्यस्तै, श्रीलंकाको प्रतिनिधिमण्डलमा काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि रहेको बताइएको छ । बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, बढ्दो हावा जडान,संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्नेलगायत क्षेत्रीय सहयोग लगायतका एजेण्डामा छलफल भइरहेको हो ।

श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे दुई मन्त्रीबीच विचार आदानप्रदान भएको समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *