देश नामका लागिमात्र कृषिप्रधान भयो : नेता सिंह

Sharing is caring!

असोज २६, २०८० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देश नामका लागिमात्र कृषिप्रधान भएको टिप्प्णी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बडादशैं, शुभ दीपावली, तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम तथा राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुहरु आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले कृषिप्रधान देश नामको लागिमात्र भएको बताएका हुन् ।

उनले भने, ‘कृषिप्रधान देश भनिएको छ तर नाममा मात्र कृषिप्रधान भइरहेको छ । खाद्यान्नदेखि लिएर अरु दैनिक उपभोग्य वस्तुहरु आयात गर्नुपरेको छ । जिल्लातिर जाँदा खेत बाँझै देखिन्छ । त्यसलाई उत्पादनमा लग्न सरकार नीति र कार्यक्रम बनाउन लाग्नुपर्छ ।’

उनले चाडपर्व नजिकिएसँगै बजार धेरै अनियन्त्रित भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले जोड दिनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘दशैँ आइरहेको छ तर बजार एकदमै धेरै अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले जोड दिनुपर्छ ।’

यूवाहरु विदेश पठाएर रेमिटेन्सबाट मात्र अर्थतन्त्र सधैँ चलायमान नहुने भन्दै सिंहले चाँडो नीति तथा कार्यक्रम बनाउन आवश्यक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *