अध्यादेशबारे आएका कर्मचारीका गुनासाहरु सम्बोधन गर्छौं: सह–सचिव भट्टराई

Sharing is caring!

पुस ५, २०७५ ।  कर्मचारी समायोजना अध्यादेश–२०७५ गुनासो व्यवस्थापन समितिका संयोजक एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले अध्यादेशप्रति कर्मचारीको तर्फबाट आएका गुनासाहरुलाई आफूहरुले आत्मसात गर्ने स्पष्ट पारेका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै सह–सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘कर्मचारीहरुको तर्फबाट आएका ९९ प्रतिशत गुनासाहरु वृद्धिविकासबारे छन् । यो अध्यादेशले विगतकोभन्दा राम्रो अवसर सिर्जना गरेको अवस्था छ ।’
उनले अध्यादेश हुबहु कार्यान्वयन गर्ने जनाए । तर, यससम्बन्धमा आएका गुनासाहरुलाई पनि सम्बोधन गर्दै जाने विश्वास दिलाए ।

उनले भने,‘यो समितिमा आधिकारिक ट्रेड युनियनकोपनि सहभागिता गराईसकेका छौं । अब समितिमा आएका गुनासाहरुलाई नीतिगत रुपमा पनि सम्बोधन गर्दै जानुपर्छ भनेर नै अगाडि बढिरहेका छौं । र, निजामति कर्मचारीहरुको मनोबल गिर्ने होईन, मनोवल उच्च पारेर नै समायोजन गर्नुपर्छ । किनभने, निजामति कर्मचारीले सम्पादन गर्ने कामहरु उच्च मनोवलका साथ गयो भनेमात्रै सम्पादन राम्रो हुन्छ । र, हामीले परिकल्पना गरेको सुशासन कायम हुन्छ । हामीले परिकल्पना गरेको स्थानीय घरदैलोको सेवा त्यो पूर्ण हुन्छ ।’

समितिमार्फत आएका गुनासाहरुलाई आफूहरुले सम्बोधन गर्ने उनको भनाई छ । उनले भने,‘अरु व्यक्तिगत गुनासाहरु छन् भने व्यक्ति–व्यक्ति विशेष गुनासो सम्बोधन गर्ने अवस्थापनि रहँदैन । धेरैभन्दा धेरै कर्मचारीहरुलाई समेट्नेगरि गुनासाहरु सम्बोधन गरेर जानुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *