बन्यजन्तु र मानवबीच द्वन्द्व अबको ठूलो चुनौती : मन्त्री महतो

Sharing is caring!

कात्तिक ३, २०८० । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले बन्यजन्तु र मानवबीचको द्वन्द्व आगामी दिनको ठूलो चुनौतीका रुपमा रहने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बन्यजन्तु र मानवबीच द्वन्द्वको चुनौतीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले कसरी समाधान गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको महतोले बताए ।

उनले भने, ‘आउने दिनमा मानव र बन्यजन्तुबीच द्वन्द्व ठूलो चुनौती हो । यसलाई कम गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषले सकेसम्म धेरै ठाउँमा त सहयोग गरेको छ । मन्त्रालयसँग सहकार्य गरेको छ तर पूरै रुपमा संरक्षण गर्न सकिएको छैन । कसरी गर्ने भन्ने कुरामा पनि यो संस्थाको ध्यान जाओस् ।’

प्रकृति संरक्षण क्षेत्रमा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समन्वय गरेर संरक्षित र सुरक्षित गर्न आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *