नेप्से ५.७७ अंकले घट्यो

Sharing is caring!

चैत २१, २०८० । सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन । बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द भएको छ । १३ मध्ये जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ । आज १३२ कम्पनीको सेयरमूल्य घटेको छ भने १०३ को बढोत्तरी छ । १० कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ छ ।
घटेको बजारमा पनि गुराँस लघुवित्त र वीन नेपाल लघुवित्तको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । मानुषी र गणपति लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।

आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । सेयरमूल्य प्रतिकित्ता ५१८ रुपैयाँ पुगेको यो कम्पनीको सेयर २५ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ । दोस्रोमा सर्वोत्तम सिमेन्टको १२ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, शिवम् सिमेन्टको ९ करोड, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स तराई, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जीलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *