घट्यो नेप्से, २०३ कम्पनीका लगानीकर्ता घाटामा

Sharing is caring!

फागुन १, २०८० । सेयर बजार परिसूचक नेप्से मंगलबार घटेको छ । ३०.५६ अंकले घट्दा बजार परिसूचक २०७०.५९ विन्दुमा रह्यो ।

२०३ कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्तालाई नोक्सान भएको छ । ५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । १३ वटै उपसमूह घट्दा सर्वाधिक घट्नेमा विकास बैंक उपसमूह रह्यो । उक्त समूहको सूचक २.४० प्रतिशतले घटेको छ ।
धेरै घट्नेको सूचीमा गुराँस लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा रह्यो । गुराँसको सेयर ९.७० प्रतिशतले घट्दा लगानीकर्ताको प्रति कित्ता १०५ रुपैयाँ २० पैसा घटेको छ । घट्नेको सूचीमा कर्णाली विकास बैंक ५.८४, सृजनशील लघुवित्त ४.९२ र ग्रीन डेभलपमेन्ट बैंक ४.८५ प्रतिशत छन् ।

घटेको बजारमा पनि ४० कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । सर्वाधिक बढ्नेमा बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपरमाई हाइड्रोपावरको सेयर मूल्य उच्च हुँदै सकारात्मक सर्किट लागेको छ । ६ सय ९९ रुपैयाँ ६० पैसाको वृद्धिले बोटलर्सको सेयर प्रति कित्ता ७ हजार ६ सय ९५ रुपैयाँ ८० पैसा पुगेको छ । १११ रुपैयाँ ७० पैसाको वृद्धिले समाजको सेयर प्रति कित्ता १ हजार २ सय २८ रुपैयाँ ७० पैसा पुगेको छ ।

मंगलबार १ करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३ सय ४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्सको ३२ करोड ५० लाख, सोनापुर मिनरल्सको ११ करोड ९२ लाख र सानिमा मध्य तमोर हाइड्रोपावरको १० करोडको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *