स्पोर्ट्स कनेक्ट काठमाडौंमा हुने

Sharing is caring!

फागुन १७, २०८० । माइस इन्टरनेसनल सर्भिस प्रा.लि र नेपाल स्पोर्टस् एसोसिएसन (नेसा) ले संयुक्त रुपमा स्पोर्टस् कनेक्ट आगामी चैतमा आयोजना गर्ने भएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल ओलम्पिक कमिटीसहित विभिन्न खेलका विभिन्न संगठनहरु र संस्थाबीच नेटवर्किङ समन्वय मार्फत संयुक्त रुपमा कार्यक्रम आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

स्पोर्ट्स कनेक्ट काठमाडौंको भृकुटीमण्डपमा चैत २२ देखि २४ गतेसम्म सञ्चालन हुने छ । चौथो नेपाल ईस्पोर्टस च्याम्पियनसिप तथा नेपाल एक्स्पो २०२४, स्पोर्ट्स एन्ड फिटनेस एक्स्पो २०२४ र नेपाल स्पोर्टस कन्क्लेभ २०२४ गरी तीन कार्यक्रम एकैसाथ आयोजना गरिने नेसाले जानकारी दिएको छ ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा चैथो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप तथा एक्स्पो २०२४ हुनेछ । जसको आयोजक नेसा रहेको छ । च्याम्पियनसिपमा लोकप्रिय र फरक गरी ईस्पोर्टस्का विभिन्न विधालाई समावेश गरिएको छ । विजेताले राष्ट्रिय च्याम्पियनको रुपमा उपाधि, ट्रफी, पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रममा नेपालको खेलकुद, ईस्पोर्टस् र फिटनेस उद्योगको लागि स्पोर्टस् एन्ड फिटनेस एक्स्पो २०२४ आकर्षणको केन्द्र बन्ने आयोजकको विश्वास छ । खेल सामाग्री उत्पादक तथा व्यापारिक कम्पनी, खेल प्रतिष्ठान, क्लव, प्रतियोगिता, च्याम्पियनसिप खेल संघ, शैक्षिक संस्था, प्रविधि, इन्टरनेट सेवा प्रदायक, ईस्पोर्टस्का डिभाइस तथा सेवा प्रदायक, स्पोर्टस् एसेसरिज र सनिस प्रदायक कम्पनी तथा संस्थाले आ–आफना उत्पादन तथा सेवा प्रदर्शनीमा राख्नेछन् ।

नेपाल ओलम्पिक कमिटीको समन्वयमा नेपाल स्पोर्टस् कन्क्लेभ २०२४ आयोजना गर्न लागिएको हो, जसमा नेपाली खेलकुद उद्योगमा नवीनताका लागि तार्किक संवाद र बृहत् छलफलको आयोजना गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *