हाजिरी जमानतमा छुटे माओवादी उपाध्यक्ष महरा

Sharing is caring!

चैत ९, २०८० ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो ।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको अनलाइनखबरसँग पुष्टि गरे ।

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सिआइबी स्रोतले जनाएको छ ।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *