कुनै एउटा पार्टीले बहुमत ल्याउन गाह्रो : सभापति देउवा

Sharing is caring!

चैत १८, २०८० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् ।

आफ्नो पार्टीनिकट नेपाल महिला संघद्धारा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठूलो पार्टी बनेको छ । बहुमत प्राप्त गर्न सकेको छैन । यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ । नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन ।’

कांग्रेस महिला सशक्तिकरणका लागि लडेको पार्टी भएका कारण महिला नेतृहरु क्रियाशील भएमा बहुमत ल्याउन सकिने उनले विश्वास दिलाए । त्यस्तै, पूर्वप्रधानमन्त्री देउवाले समावेशिता र लैंगिकताका आधारमा नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालको संविधान महिला, दलित, जनजाति र पिछडिएका वर्गलाई समेत सम्मान गरि समावेशिताका आधारमा तयार गरिएको छ । जसकारण नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *