एमालेसँगको समझदारी कांग्रेसले गर्‍यो अनुमोदन

Share this news:


असार १९, २०८१ । नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई स्वागत गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाश शरण महतले जानकारी दिएका हुन् ।

‘हिजो पदाधिकारी बैठकले नेपाली कांग्रेस र एमाले पार्टीबीच सहकार्य गर्ने समझदारी भएको थियो । सरकार निर्माण गर्ने सम्बन्धमा त्यसलाई स्वागत गर्‍यो र समर्थन गर्‍यो । दुई दलको नेताहरुकोबीच जुन समझदारी भएको थियो ।

उनले भने, ‘देशलाई स्थायित्व दिनको लागि देशमा सुशासन आर्थिक समृद्धितर्फ लैजान यो सहकार्य गर्ने मुद्दामा सहमत अन्य दललाई पनि जोड्ने छौं । नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी हो ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *