संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउन प्राथमिकतासाथ लागेको छु : सभामुख घिमिरे

Share this news:

मंसिर २२, २०८० । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्याय प्रक्रियालाई टुङ्ग्याउने कुरामा प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

१५औं मानवअधिकार राष्ट्रिय महाभेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि प्राथमिकताका साथ लागेको बताएका हुन् ।

लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई पूरा गर्न प्राथमिकताका साथ खट्ने, असहमतिको बीचमा रहेका राजनीतिक शक्तिहरुसँग अलगअलग र संयुक्त रुपमा छलफल गरेर टुङ्ग्याउने कुरामा लागिरहेको सभामुख घिमिरेले बताए ।

उनले भने, ‘लामो समयदेखि थाँती रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई पूरा गर्न प्राथमिकताका साथ खट्दै असहमतिको बीचमा रहेका राजनीतिक शक्तिहरु, नेताहरु र पक्षहरुसँग अलगअलग र संयुक्त रुपमा भेटेर छलफल गरी यसलाई टुङ्ग्याउने कुरामा म लागिरहेको छु ।’

आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेका समुदायलाई अगाडि लैजानको लागि निकै चुनौती र अप्ठ्याराहरु अहिले पनि देखा परिरहेको उनले टिप्पणी गरे ।

राजनीतिक अधिकार घोषणा गरेर दिने कुरा सहज भए पनि सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा अगाडि लैजान निकै समय लगानी गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

उनले भने, ‘खासगरी आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेका समुदायलाईं अगाडि लैजानका लागि निकै चुनौती र अप्ठ्याराहरु देखा परिरहेका छन् । राजनीतिक अधिकार घोषणा गरेर दिने कुरा सहज भए पनि सामाजिक, आर्थिक सांस्कृतिक रुपमा अगाडि लैजान निकै समय लगानी गर्नुपर्ने जरुरी देखिएको छ ।’

उनले बालबालिका, महिला र सिमान्तकृत समुदायलाई अझै पनि मानवअधिकार प्राप्त गर्न, न्यूनतम मानव अधिकारसँग सम्बन्धित मौलिक हकहरु प्राप्त गराउने कुरामा चुनौती देखिएकाले यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *