राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Sharing is caring!

मंसिर ६, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्। भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

बुधबार बिहान शितलनिवामा राष्ट्रपति पौडेललाई भेट्न प्रधामन्त्री दाहाल पुगेका थिए । उक्त भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनस्र्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन दाहालको ध्यानाकर्षण गराएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको समसामयिक विषयहरूमा छलफल भएको पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *