नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Sharing is caring!

फागुन २१, २०८० । नयाँ सत्ता समीकरणसँगै नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका हुन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।

माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *