देउवाले बोलाएको कार्यक्रममा ओली र प्रचण्ड

Share this news:


असार १८, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिएका छन् ।

मंगलबार गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्ति देखि शान्तिसम्म’ भन्ने ऐतिहासिक फोटो प्रदर्शनीमा उनीहरुसँगै देखिएका हुन् । दुई नेताले साथै प्रदर्शनीको अवलोकन गरेका छन् ।

नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा उक्त फोटो प्रदर्शनीको आयोजना गरिएको थियो । फोटो प्रदर्शनीको उदघाटन पार्टी सभापति देउवाले गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यका लागि प्रारम्भिक सहमति बनेको भोलिपल्ट देउवा र प्रचण्डसँगै देखिएका हुन् ।

संविधान संशोधनलगायत विभिन्न मुद्दा सम्बोधनको उद्देश्यसहित कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि तयारी गरिरहेका छन् ।

सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *