तेस्रो अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको तयारी पूरा

Sharing is caring!

मंसिर ३, २०८० । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेडियो र टेलिभिजनमा आवद्ध महिला पत्रकारको छाता संगठन इन्टरनेशनल एसोसियसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट) ले अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको तयारी पूरा भएको छ।

रेडियो र टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठनको रुपमा चिनिने आइवार्टले महिला निर्देशकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले आउँदो मंसिर ९ गते शनिबार अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन।
कार्यक्रम नेपाल चलचित्र विकाश बोर्डको हल चावहिलमा हुनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको सहभागिता जनाउन नेपाललगायत विभिन्न देशका महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरु प्रर्दशन गरिने आयोजकले जानकारी गराएको हो ।
कार्यक्रममा नेपाली सर्ट फिल्म प्रतिस्पर्धाका विजेताहरुलाई अर्वाड प्रदान गरिनेछ ।

नेपाली फिल्म क्षेत्रमा रहेका रचनात्मक र सिर्जनसिल महिला निर्देशक विविध कारणले पछाडि परेको भन्दै प्रोत्साहन गर्ने हेतुले आइवार्ट नेपाली च्याप्टरको सुुरुवात गरिएको फिल्म फेस्टिवलका निर्देशक संगीता श्रेष्ठले जानकारी दिइन ।
उनले भनिन्, ‘हाम्रो देशमा चलचित्र क्षेत्रलाई आफनो रचनात्मक र्सिजनाहरुबाट संसारभरी चिनाउन सक्ने हजारांै सशक्त महिला निर्देशकहरु छन । तर, सामाजिक दृष्टीकोण, कम प्राथमिकता र अवसर तथा प्रोत्साहनको कमीले यो क्षेत्रमा महिला निर्देशकहरु हतोत्साही हुने गरेको देखिन्छ। त्यसैले तेस्रो आइवार्ट नेपाल च्याप्टरको अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिवल आयोजना गर्न लागेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *