नेपालमा पनि देखिए कोभिडको जेएन.१ सब–भेरिअन्ट : रोकथामका लागि के गर्दै छ सरकार?

Sharing is caring!

पुस २४, २०८० । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ ।

विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जनाएको छ । नेपालमा कोरोनाभाइरस ओमिक्रोन भिरिअन्टको सब–भेरिअन्ट जेएन.१ भेटिएपछि नेपाली नाकाहरू र अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी तथा कडाइ गर्ने कार्य थप बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले बताएका छन्।

‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा पीसीआर तथा एन्टिजन पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मिति २०८०-९-२२ मा गरेको पछिल्लो जिन सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब–भेरिअन्ट जेएन.१ नेपालमा पहिलो पटक पुष्टि भएको जानकारी गराउँदछौँ।’
नयाँ सबभेरिअन्ट भेटिएका व्यक्तिहरू कहाँका हुन्?

स्वास्थ्य मन्त्रालयका अनुसार, अहिले नयाँ सब–भेरिअन्टको संक्रमण पुष्टि भएका व्यक्तिहरू काठमाडौं, पोखरा, चितवन, भक्तपुर, धनगढी लगायतका क्षेत्रका हुन् । उनीहरू विदेशबाट आएको वा विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे मन्त्रालयले बुझिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
यद्यपी, संक्रमितमध्ये कोही पनि अस्पताल भर्ना हुनुपर्ने अवस्थाका नरहेको बुढाथोकीले मन्त्रालयका अधिकारीले बताए ।
रोकथामका लागि के गर्दै छ सरकार?
कोरोनाभाइरसको नयाँ सब–भेरिअन्ट भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नियन्त्रणका लागि महामारीका बेलामा चालेका सबैखाले कदमहरू चाल्न सुरु गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

उनले भने, ‘हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ ।’

उनका अनुसार नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकाले यो सब–भेरिअन्टले धेरै असर नपार्ने ठानिएको छ । कम घातक खालको सब–भेरिअन्ट भएपनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरूलाई धेरै असर पर्नसक्ने भएका निगरानी बढाउन आवश्यक रहेको उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।
जेएन.१ भेरिअन्ट के हो?
विश्व स्वास्थ्य सङ्गठनले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले यो उपप्रजातिको जोखिम कम गर्ने भएपनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ ।

उसले निगरानी गरिरहेको यो भेरिअन्ट सबैभन्दा पहिले अमेरिकामा पत्ता लागेको थियो । तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशहरूमा फैलिसकेको विवरण आएका छन् । यो भेरिअन्ट अहिले अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ र १५ देखि ३० प्रतिशत सङ्क्रमितहरूमा यो भेरिअन्ट देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ । यद्यपि अधिकारीहरूले स्वास्थ्यको जोखिम समूहमा रहेका व्यक्तिहरूमा जोखिम हुन सक्नेतर्फ सचेत गराएका छन् ।

जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने विज्ञको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *